महालक्ष्मी विकास बैंक मंगलसेन शाखाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न । - Biltham Khabar

महालक्ष्मी विकास बैंक मंगलसेन शाखाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ।

  • 134
  •  
  •  
  •  
    134
    Shares

२०८० वैशाख १५,
बिल्थम खबर संवाददाता
अछाम: अछाममा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार मंगलसेन नगरपालिका स्थित अछाम बहुमुखी क्याम्पसका बिद्यार्थीहरूलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी दिइएको हो। सबल बैंक सफल सहकार्य भन्ने मुलनाराका साथ महालक्ष्मी विकास बैंक लिमिटेड मंगलसेन शाखाको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन भयको हो
बिध्यार्थिहरुलाई वित्तीय साक्षरताका बारे जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको महालक्ष्मी विकास बैंक मंगलसेन शाखाका निमित्त प्रबन्धक दिपक बहादुर थापाले बताए। उनले भने ,‘बैंकिङ प्रणाली, खर्च, बचत लगायतका विषयमा जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरेका हौँ।


वित्तीय साक्षरता कार्यक्रमले बिध्यार्थिहरुलाई वित्तीय सीपका बारेमा जानकारी हुने आशा छ। ’हरेक बर्ग तथा समुदायका ग्राहकहरुलाई “मुस्कान सहितको सेवा” उपलब्ध गराउने प्रण सहित ग्राहकको सन्तुष्टि नै बैंकको सफलता हो भन्ने उद्देश्यका साथ यो बैंक अगाडी बढीरहको उनले बताए। कार्यक्रममा अछाम बहुमुखी क्याम्पसका ७० जना बिद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धि जानकारि प्रदान गरियको थियो कार्यक्रमको सहजिकरण महालक्ष्मी बिकास बैंकका दिलिप बिक र दिपक बहादुर सेट्टीले गर्नु भएको थियो ।