सुर्यज्याेती लाईफ ईन्स्याेरेन्स अछाम शाखाद्वारा १४ लाख मृत्यु दावि भुक्तानी हस्तान्तरण - Biltham Khabar

सुर्यज्याेती लाईफ ईन्स्याेरेन्स अछाम शाखाद्वारा १४ लाख मृत्यु दावि भुक्तानी हस्तान्तरण

  • 134
  •  
  •  
  •  
    134
    Shares

अछाम : सुर्यज्याेती लाईफ ईन्स्याेरेन्स अछाम शाखाले म्यादी बिमा बापत १४ लाख मृत्युु दावि भुक्तानी गरेकाे छ । वैदेशिक राेजगारीकाे शिलशिलामा कुवेत गएका पञ्चदेवल ५ लयाटकाी सुरत बहादुर कडायतकाे दुर्घटनामा परि निधन भए पश्चात् उहाँको हकवालालाई १४ लाखकाे चेक हस्तान्तरण गरिएको हाे ।
कडायतले २०७९ श्रावण १९ गतेका दिन ३ हजार ७०८ रुपैयाँको २ बर्ष ६ महिना अबधिको बैदेशिक रोजगार (म्यादी) जीवन बीमा गर्नु भएको थियाे । कुवेतमा निजको मिति २०८० फागुन २९ गते दुर्घटना भई असमाहिक निधन हुँदा मृतक प्रति हार्दिक श्रर्दाञ्जली प्रकट गर्दै मृत्युदावी रकम उहाकी श्रीमती डल्ली देवी कडायतलाइ हस्तान्तरण गरिएको कम्पनीका मंगलसेन शाखा प्रवन्धक गणेश बहादुर साउदले बताउनुभयो ।