
काठमाडौं । एक दशक बढी समयदेखि शिथिल बनेको विद्यार्थी राजनीति माहोल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनले एकाएक तताएको छ । मूल राजनीतिको आधारशीला एवम् नर्सरीको रूपमा रहेको विश्वविद्यालयको राजनीतिलाई आम चासोको साथ हेरिनुका साथै विद्यार्थी पनि आफ्ना हक, हित र आवाजलाई मुखरित गर्ने प्रतिनिधि पाइनेमा आशावादी देखिएका छन् ।
त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा विभिन्न विद्यार्थी संघ संगठनका प्रतिस्पर्धी खडा भइसकेका छन् । यसैक्रममा उपत्यकामा त्रिविअन्तर्गतका करिब तीन दर्जन क्याम्पसमा उम्मेदवारी मनोनयन भइसकेको छ ।
को हुन सम्राज राई ?
सम्राज राई सानैबाट कम्युनिस्ट विचारमा अडिग थिए । पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा ४ मा जन्मिएका सम्राज राई उच्च शिक्षाको लागि काठमाडौंको नेपाल कमर्स क्याम्पसमा आएर साधारण सदस्य देखि क्याम्पस कमिटी सचीव हुँदै हाल अखिल (क्रान्तिकारी) को अध्यक्ष छन । विगत १० वर्ष देखि नेपाल कमर्स क्याम्पसमा विद्यार्थीको हकहितको लागि लगेको र विद्यार्थी आन्दोलनलाई उचाइमा पुर्याउन मेरो स्ववियु सचिवमा बलियो दाबि रहेको उनको भनाइ छ। राइले भने
हामी यस अघि पनि देश भरबाट यस क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका समस्या समाधानका लागि अहाेरात्र खटेका थियाैं र छाैं पनि, विद्यार्थीकाे आवाज बाेल्दै गर्दा हामीले त्यसकाे समाधानकाे बाटाे खाेजेर समाधान पनि गरेका छाैं, थियाैं र गरिरहने एजेण्डा सहित चुनावमा हाेमीएका छाैं’ राईले भन्नुभयाे- ‘विद्यार्थीकाे आवाज बुलन्द गर्ने अखिल (क्रान्तिकारी) एक मात्र संगठन हाे जसले बाेल्दैन मात्र समस्याकाे समाधान गरि परिणाम समेत विद्यार्थी माझ प्रस्तुत गर्छ । यस विषयमा हामी यसै गरि लामाे समय देखि नेपाल कमर्स क्याम्पसका विद्यार्थी र विद्यार्थीका समस्या समाधानमा लागि रहेकाे सन्दर्भमा सम्पूर्ण विद्यार्थीले माया गर्नुभएकाे छ । हाम्राे मुख्य जित्ने आधार त्यहिँ माया हाे ।’