
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्ना ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा चुनावको घोषणा गरे संगै विभिन्न विद्यार्थी संघसंगठनका साथै स्वतन्त्रको उम्मेदवारी दर्ता गरिसकेका छन ।
यस्तै चैत ५ मा हुने निर्वाचनमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले उच्च शिक्षा अध्यनका लागि काठमाडौं आएकि गोर्खाकि लक्ष्मी रम्तेल लाई महन्द्र रत्न क्याम्पस ताहाचलको अध्यक्षको उम्मेदवारको रूपमा अघि सारेको हो । स्नातकोत्तर तहमा अध्ययनरत रम्तेल क्याम्पस समितिकि पुर्व उपाध्यक्ष हुन निरन्तर विद्यार्थी माझ रहेकि रम्तेल क्याम्पसको शैक्षिक गुणस्तर वृद्ध गर्न र विद्यार्थीको हकहितमा काम गर्नको लागि विद्यार्थीको नेतृत्व गर्न तम्तयार बनेकी छन् । उपत्यकामा पद्यमकन्या क्याम्पस बाहेक क्याम्पसमा अखिल (क्रान्तिकार) बाट एक्लि महिला अध्यक्षकि उम्मेदवार हुन उनले चुनाव जितेमा पद्यम कन्या पछि दोस्रो महिला अध्यक्ष जित्ने छन ।
यस्ता छन् रम्तेलका योजना
उनि आफ्नो क्याम्पस परिसरलाई शान्त, सुव्यवस्थित वातावरण बनाउन भूमिका खेल्ने बताउँछिन् ।
त्यस्तै, महिलामैत्री, अपांगमैत्री क्याम्पस एवम् देशकै उत्कृष्ट छवि बोकेको क्याम्पसका रुपमा स्थापित गर्न विद्यार्थी प्रतिनिधिका तर्फबाट गर्नुपर्ने जिम्मेवारीलाई अक्षरंश पालना गर्ने उनको उद्घोष छ ।
विद्यार्थीहरुबाट प्राध्यापक डराउनुपर्ने अवस्थाको अन्त्य गर्न, विद्यार्थीहरुलाई वृत्ति विकासका लागि विभिन्न कार्यक्रमहरु गर्न, महिला विद्यार्थीहरुको सुरक्षा प्रत्याभूतिका लागि विशेष भूमिका निर्वाह गर्ने रम्तेलका एजेण्डा रहेका छन् ।
विद्यार्थी राजनीति धमिलो हुँदै गएको अवस्थामा विद्यार्थी राजनीतिलाई गर्विलो बनाउने हुटहुटि रहेको उनी बताउँछिन् ।
क्याम्पस हामी बनाउँछौं’ उनले भनिन् ‘हामी स्ववियुमा आएपछि हरेक कक्षाकक्षा पुगेर विद्यार्थीका गुनासा टिप्छौं र सम्बोधनका लागि पहल गर्छौै ।’ उनले स्ववियु जितेमा क्याम्पस हुने गरेको गुण्डा राजको अन्त्य गर्ने पनि बताइन् ।