
बान्नीगढि जयगढ गाउँपालिका वडा न:६ दर्नामा वडा स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।
पञ्चदेवल अनुरा युवा क्लब दर्नाको आयोजनामा वडा स्तरीय भलिबल प्रतियोगिता शनिवारदेखि सुरु भएको हो
युवा क्लबका अध्यक्ष खेमराज ओझाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउद प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथिमा वडा न:६ का अध्यक्ष जगत थापा र वडा न:३ का अध्यक्ष नवराज साउद रहनुभएको थियो भने कार्यक्रमको संचालन शंकर बि.क ले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष साउँदले खेलकुद क्षेत्रको विकासका लागी गाउँपालिका सरकार प्रतिबद्ध रहेको बताउनुभयो
प्रतियोगितामा जिल्लाका २५ वटा टिमको सहभागिता रहेकोे छ भने विजेताले प्रथम पुरस्कार ६१ हजार, द्वितीय पुरस्कार ३५ हजार, तृतीय पुरस्कार २१ हजारको व्यवस्था गरिएको छ ।
प्रतियोगीताको उद्घाटन समारोहका क्रममा भलिबल खेलाडी महेश टमट्टालाई पुरस्कृत समेत गरिएको थियो ।