
पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका छन्।
युनाइटेडले रोनाल्डोसँग सम्झौता भएको पुष्टि गरेको छ। सम्झौता गर्न सहमत भएसँगै अब व्यक्तिगत शर्त, भिसा र मेडिकल हुन बाँकी रहेको युनाइटेडले जनाएको छ।
रोनाल्डो युनाइटेडमा १२ वर्षपछि फर्किएका हुन्। इटालियन क्लब युभेन्ट्सबाट उनी अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीमा जाने चर्चा रहे पनि युनाइटेडले अन्तिममा बाजी मारेको हो।