अखिल ( क्रान्तिकारी ) नेपाल कमर्स क्याम्पसको १२ औं क्याम्पस सम्मेलन भाद्र १७ गते गर्ने निर्णय - Biltham Khabar

अखिल ( क्रान्तिकारी ) नेपाल कमर्स क्याम्पसको १२ औं क्याम्पस सम्मेलन भाद्र १७ गते गर्ने निर्णय

  • 134
  •  
  •  
  •  
    134
    Shares

अखिल ( क्रान्तिकारी ) नेपाल कमर्स क्याम्पस समितिको सचिवालय बैठकले २०७८ भाद्र १७ गते क्याम्पस सम्मेलन गर्ने निर्णय गरेको छ। क्याम्पस अध्यक्ष तुल्सिराम न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा केन्द्रिय समिति सचिव तथा वाग्मीति प्रदेश संयोजक पवन कार्कि, सह संयोजक प्रसुन कार्की अथितिहरु क्याम्पस जिल्ला ईन्चार्ज मदन लिम्बु , सह ईन्चाज बाबुराम नेपाली, क्याम्पस जिल्ला संयोजक राजेश मैनालि र पूर्व केद्रिय सदस्य द्धय दिनेश रेग्मी र खकेन्द्र रावल समेतको विशेष उपस्थिति रहेको थियोे ।

क्याम्पस सम्मेलनको मुल नारा
शिक्षा , स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका लागि हाम्रो आन्दोलन,
राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा १२ औं NCC क्याम्पस सम्मेलन

वर्तमान क्याम्पस समिति क्याम्पस सम्मेलन आयोजक समितिमा रुपान्तरण भएको छ । जसअनुसार तुल्सिराम न्यौपाने संयोजक रहने गरि ८१ सदस्य मुल आयोजक समिति गठन गरेको छ भने क्याम्पस सम्मेलनका लागि विभिन्न उपसमिति गठन गरिएको छ ।
प्रचार प्रसार तथा प्रकाशन स्( रामकुमार श्रेष्ठ, शंकर बि क, निर्देश बटाला, सागर गौतम
आर्थिक ब्यवस्थापन स्( स्मराज राई, भिम प्रसाद जैसि, अनु भुषाल
प्रतिनिधि छनौट तथा अभिलेखिकरण स्( विकास साउँद, सजना पौडेल, अनिल भुल
रहेका छ भने कलास कमिटिको जिम्मेवारी पनि विभिन्न ब्यक्तिलाइ दिएको अध्यक्ष तुल्सिराम न्यौपानेले जानकारी दिनु भयो ।