
पञ्चदेवल अनुरा युवा क्लबको समिक्षा बैठक सम्पन्न !बान्नीगढी जयगढ गाउँपालिका वडा न. ६ दर्ना वडा अध्यक्ष जगत बहादुर थापा ले युवाहरूका कामलाई प्राथमिकता साथ सहयोग रहने बताउनु भएको छ पञ्चदेवल अनुरा युवा क्लबको बैठकमा प्रमुख अतिथिमा को आसन बाट बोल्दै वडा अध्यक्ष जगत वहादुर थापाले युवा हरुले खेल क्षेत्र मा मात्र नभयर विभिन्न सामाजिक काममा सक्रिय रुपमा लाग्नु पर्ने त्यसका लागि आफु सधै सहयोग गर्ने बताउनु भयो । युवा क्लवको भलिबल खेल को समीक्षा कार्यक्रममा मा पञ्चदेवल अनुरा युवा क्लवले शुभ दिपावली २०७९ को पावन अवसरमा सञ्चालन गरेको प्रथम पञ्चदेवल अनुरा भलिवल कप २०७९ को समीक्षा गर्दै सो कार्यक्रम सम्पन्न गर्न महत्त्वपूर्ण भुमिका खेल्ने सम्पूर्ण लाई स धन्यवाद समेत दिइएको छ । सो बैठकमा आय व्याय को समेत सार्वजनिक सुनुवाई गरिएको थियो । जसमा आय तर्फ जम्मा ३६४१५५
र व्याय तर्फ ४२७२४५को सार्वजनिक सुनुवाई गरिएको थियो । नौ राष्ट्रिय खेलमा सहभागी युवा क्लवका राष्ट्रिय खेलाडी महेश टमट्टा लाई आगामि दिनमा थप प्रगतिको कामना सहित बधाइ समेत दिएको थियो ।रामारोशन गा.पा मा भएको खेलमा प्रथम स्थान हासिल गरेको र पञ्चदेवल भलिवल कप २०७९ मा दितिय स्थान हासिल गर्दा प्रप्त गरेको कप हरु समेत वडा कार्यालयमा हस्तान्तरण गरिएका थिए ।