
काठमाडौं । जापानमा केयर गिभर कोर्स पढ्न चाहाने बिद्यार्थीलाई दाइके ग्रुप जापानद्वारा नेपालमा अन्तरवार्ता लिने भएको छ ।
जापानको दाइकि ग्रुपले नेपालमा रहेको फुजि इन्टरनेस्नल कन्सल्टटेन्सिको सहकार्यमा फेब्रुअरी 26 तारिकका दिन अन्तवार्ता लिन लागिएको हो ।
दाइकि ग्रुपको प्रोग्रामबाट जापान जाँदा नेपाली विद्यार्थीलाई जापनिज भाषा, भोकेस्नल इस्कुल पढ्ने देखि वोर्किङ बनाउने सबै जिम्मा कम्पनीले लिने दाइकी ग्रुपका नेपाली सेन्से सुशील पौडेलले बताएका छ्न। नेपालि बिद्यार्थीलाई वोर्किङपछि पनि कुनै समस्या भए कम्पनिले जिम्मा लिने पाैडेलले बताए । वोर्किङ गर्न कम्तिमा ३ देखि ४ बर्षसम्म लाग्छ भने, दाइकी ग्रुपबाट प्रोसेस गर्दा साढे २ बर्षमा नै वोर्किङ गर्न सकिने उनले बताए ।
+2 पासगरेका विद्यार्थीले अन्तरबार्ता दिन सक्ने छन । सो अन्तवार्ता जापानीज र नेपाली दुबै भाषामा दिन सक्ने व्यवस्था गरिएको फुजि एजुकेसनका सिइओ सन्तोष कुंबरले बताएका छन । उनका अनुसार उक्त कोर्स सकिसके पछि भविष्यमा खाइगो अर्थात केयगिभरमै काम गर्न सक्ने छन ।
हाल दाइकि ग्रुपले नेपालमा रहेको फुजि एजुकेसनसङ्ग सहकार्य गर्दै आएको छ ।