
शंकर वि.क काठमाडौं : त्रिभुवन विश्वविद्यालयका आंगिग तथा सम्बन्धन प्राप्त अधिकांस क्याम्पसहरुमा देशै भर यहि चैत्र ५ गते चुनाव भैसकेको छ यस्तै विज्ञान संकायको अस्कल क्याम्पसमा स्ववियु चुनाव चैत्र २४ गते हुदै छ । विभिन्न विद्यार्थी संगठनहरु आफुले जित्ने दाबि गर्दै आएका छन सयुक्त गठबन्धन गर्दै चुनावमा गएको अखिल (क्रान्तिकारी) नेतृत्वको संयुक्ति प्यानलका अध्यक्षका उम्मेदवार प्रेम जैसि (मामा प्रेम) पनि विद्यार्थीका मुद्दा आफुले हिजो देखी बोक्ने भएको ले आफु जित्ने दाबि गर्दै आएका छन
को हुन प्रेम जैसि (मामा प्रेम) ?
प्रेम जैसि सानैबाट कम्युनिस्ट विचारमा अडिग थिए । सुदूरपश्चिमको पहाडी जिल्ला अछामको ढकारी गाउँपालिका वडा न: ८ मा जन्मिएका प्रेम जैसि(मामा प्रेम) प्रारम्भिक शिक्षा गाउँमै अध्ययन गरेका मामा प्रेम ले उच्च शिक्षाका लागि काठमाडौंको अमृत साइन्स क्याम्पसमा २०७३ सालमा प्रवेश गरे संगै अखिल (क्रान्तिकारी) को क्याम्पस समिति सदस्य २०७३ मा भए यस्तै कैलाली-काठमाडौं सम्पर्कको कोषाध्यक्ष २०७४,अमृत साइन्स क्याम्पस समितिको १२औं सम्मेलनबाट उपाध्यक्षमा २०७८ सालमा निर्वाचित भएर काम गरिसकेका मामा प्रेम विगत विगत लामो समय देखि विद्यार्थीको हकहितको लागि लगेको र विद्यार्थी आन्दोलनलाई उचाइमा पुर्याउन मेरो स्ववियु अध्यक्षमा बलियो दाबि रहेको उनको भनाइ छ।
के छ मामा प्रेमको जित्ने आधार ?
अमृत साइन्स क्याम्पसमा ‘हामीले यतिका वर्ष विद्यार्थी हक हितका निम्ति काम गरेका छाैं । विद्यार्थी माझ रहेर विद्यार्थीका समस्या बुझेका छाैं’ मामा प्रेम भन्नुहुन्छ- ‘तिनै समस्या समाधानका लागि अहिले हामी चुनावी मैदानमा छाैं । त्यसैले अन्य भन्दा पनि विद्यार्थीहरुले सयुक्त प्यानललाई नै विजयी गराउनु हुन्छ भन्नेमा हामी ढुक्क छाैं ।’
बिद्यार्थि हरुको शैक्षिक मुद्दालाई आफ्नो आवाज बनाएर समस्या समाधान गर्ने मूल ऐजेण्डा सहित चुनावमा हाेमीएकाले विद्यार्थीले सयुक्त विद्यार्थीकाे पूरा प्यानललाई नै जिताउने दाबी गर्नु हुन्छ ।
‘हामी यस अघि पनि देश भरबाट यस क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका समस्या समाधानका लागि अहाेरात्र खटेका थियाैं र छाैं पनि, विद्यार्थीकाे आवाज बाेल्दै गर्दा हामीले त्यसकाे समाधानकाे बाटाे खाेजेर समाधान पनि गरेका छाैं, थियाैं र गरिरहने एजेण्डा सहित चुनावमा हाेमीएका छाैं’ स्ववियु अध्यक्षका उम्मेदवार मामा प्रेम ले भन्नुभयाे- ‘हामी यसै गरि लामाे समय देखि अमृत साइन्स क्याम्पसका विद्यार्थी र विद्यार्थीका समस्या समाधानमा लागि रहेकाे सन्दर्भमा सम्पूर्ण विद्यार्थीले माया गर्नुभएकाे छ । हाम्राे मुख्य जित्ने आधार त्यहिँ माया हाे उहाँले भन्नुभयो ।’