नेपाल कमर्स क्याम्पसमा स्ववियु चुनाव जित्ने संयुक्त विद्यार्थी संगठनहरुको दाबि। - Biltham Khabar

नेपाल कमर्स क्याम्पसमा स्ववियु चुनाव जित्ने संयुक्त विद्यार्थी संगठनहरुको दाबि।

  • 134
  •  
  •  
  •  
    134
    Shares

काठमाडौं १०: त्रिभुवन विश्वविद्यालयका आंगिग तथा सम्बन्ध प्राप्त क्याम्पसहरुमा देशै भर यहि चैत्र ५ गते चुनाव भैसकेको छ यस्तै व्यवस्थापन संकायको देशकै ठुलो क्याम्पस नेपाल कमर्स क्याम्पसमा स्ववियु चुनाव चैत्र ११ गतेहुदै छ । विभिन्न विद्यार्थी संगठनहरु आफुले जित्ने दाबि गर्दै आएका छन सयुक्त गठबन्धन गर्दै चुनाव गएका विद्यार्थी संगठन पनि देशका ठूला तिन विद्यार्थी संगठन एक ठाउँमा र विद्यार्थीका मुद्दा आफुले हिजो देखी बोक्ने भएको ले आफु जित्ने दाबि गर्दै आएका छन नेविसंघ बाट सभापतिमा गणेश टण्डन अखिल क्रान्तिकारीबाट सचिव मा सम्राज राई र अनेरास्ववियूबाट  कोषाध्यक्ष मा महेन्द्र ब. शाहलाई अघि सारेकाे छ । देशका तिन विद्यार्थी संगठन एक ठाउँमा भएको हुदा  पनि आफुले जित्ने उम्मेदवार यहाँ खुलेर आफू जित्ने दाबी गर्छन् ।
‘हिजो विद्यार्थीको आवाज बन्द थिए, अधिकारहरु कमजोर बनेका थिए । त्यसैले विद्यार्थीको एजेन्डा बोकि स्ववियु निर्वाचनमा उत्रिएका छौं,’अब, हरेक क्याम्पसमा स्ववियु मार्फत विद्यार्थीहरुले आफ्ना अधिकारहरु प्राप्त गर्दै जानेछन् । अब, हरेक विचारहरु प्रस्फुटन हुँदै विद्यार्थी आन्दोलन सफल बन्दै जानेछन ।’
‘हामी विद्यार्थीकाे आवाज बाेल्ने छाैं । विद्यार्थीका समस्या समाधानका लागि विद्यार्थीसँगै रहने छाैं । हामीलाई विद्यार्थी साथिहरुले अत्याधिक चाहानु भएकाे छ । हाम्राे प्यान त्यहिँ माया र साथले अत्याधिक बहुमत सहित विजयी हुन्छाैं’ सभापतिका उम्मेदवार गणेश टण्डने ले भन्नुभयाे ।
सचिवका उम्मेदवार सम्राज राई पनि सयुक्तले नै जित्ने दाबी गर्नु हुन्छ । ‘हामीले यतिका वर्ष विद्यार्थी हक हितका निम्ति काम गरेका छाैं । विद्यार्थी माझ रहेर विद्यार्थीका समस्या बुझेका छाैं’ राई भन्नुहुन्छ- ‘तिनै समस्या समाधानका लागि अहिले हामी चुनावी मैदानमा छाैं । त्यसैले अन्य भन्दा पनि विद्यार्थीहरुले सयुक्त प्यानललाई नै विजयी गराउनु हुन्छ भन्नेमा हामी ढुक्क छाैं ।’
त्यस्तै काेषाध्यक्षका उम्मेदवार महेन्द्र शाह्ले बिद्यार्थि हरुको शैक्षिक मुद्दालाई आफ्नो आवाज बनाएर समस्या समाधान गर्ने मूल ऐजेण्डा सहित चुनावमा हाेमीएकाले विद्यार्थीले सयुक्त विद्यार्थीकाे पूरा प्यानललाई नै जिताउने दाबी गर्नु हुन्छ ।
‘हामी यस अघि पनि देश भरबाट यस क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका समस्या समाधानका लागि अहाेरात्र खटेका थियाैं र छाैं पनि, विद्यार्थीकाे आवाज बाेल्दै गर्दा हामीले त्यसकाे समाधानकाे बाटाे खाेजेर समाधान पनि गरेका छाैं, थियाैं र गरिरहने एजेण्डा सहित चुनावमा हाेमीएका छाैं’ शाहले भन्नुभयाे- ‘हामी यसै गरि लामाे समय देखि नेपाल कमर्स क्याम्पसका विद्यार्थी र विद्यार्थीका समस्या समाधानमा लागि रहेकाे सन्दर्भमा सम्पूर्ण विद्यार्थीले माया गर्नुभएकाे छ । हाम्राे मुख्य जित्ने आधार त्यहिँ माया हाे ।’
एउटा लाेकतान्त्रिक प्रणालीकाे सम्मानका लागि अन्य संघ संगठनले पनि उम्मेदवारी दिनु भएकाे छ । त्याे स्वभाविक हाे । हामी सबैलाई सम्मान गर्दै जित हासिले गर्ने छाैं । यसमा दुई मत नै छैन’ शाहले भन्नुभयाे ।