पञ्चदेवल अनुरा युवा क्लब दर्ना-काठमाडौं सम्पर्क मञ्च गठन । - Biltham Khabar

पञ्चदेवल अनुरा युवा क्लब दर्ना-काठमाडौं सम्पर्क मञ्च गठन ।

  • 134
  •  
  •  
  •  
    134
    Shares

काठमाडौं । अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा न: ६ दर्ना स्थान घर भइ अध्ययनको सिलसिलामा हाल काठमाडौं रहेका दर्नाका युवाहरूले पञ्चदेवल अनुरा युवा क्लब दर्ना-काठमाडौं सम्पर्क मंच गठन गरेका छन। नेपाल कमर्स क्याम्पस मिनभवन काठमाडौंमा भएको युवाहहरुको भेलाले सम्पर्क मंच गठन गरेको हो। शंकर वि.क को अध्यक्षतामा भएको कार्यक्रमले १९ सदस्य नयाँ समिति बनाएको छ। जसको अध्यक्ष गणेश धामी, उपाध्यक्ष विजय साउद र रिदम टमट्टा, सचिब प्रदिप कडायत, सह-सचिब विनोद शाह र प्रदीप रावत, कोषाध्यक्ष नवीन शाह लागत १९ सदस्य रहेका छन। क्लबले दर्नाका युवाहरु सम्पर्क गर्ने र विकृति विरुद्ध लड्ने तथा सिर्जनात्मक काम गर्ने उद्देश्य लिएको कार्यक्रमको संचालन प्रदीप कडायतले गर्नु भएको थियो।