
मेल्लेख गाउँपालिका वडा नं. १ र २ ऋषिदहमा २ वटा कुटानी, पिसानी र पेलानी मिलको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
वाक नेपाल र वल्र्ड भिजनको संयुक्त साझेदारी संचालित उत्थानशिल जीविकोपार्जन तथा पोषण परियोजना, दुईवटै वडा कार्यालय र जनकल्याण कृषि सहकारी संस्थाको लागत साझेदारीमा महिलाको कार्यबोझमा कमी ल्याई कुटानी, पिसानी कार्यमा लाग्ने समयलाई कृषि (तरकारी) उत्पादन कार्यमा सदुपयोग गरी समुदायको आय आर्जनमा बृद्धि गर्ने उद्देश्यले निर्माण गरिएका उक्त दुईवटा मिलमा उत्थानशिल जीविकोपार्जन तथा पोषण परियोजनाको रु. ४ लाख, जनकल्याण कृषि सहकारी संस्थाको रु. ४ लाख र दुइवटा वडा कार्यालयको रु. ३ लाख गरी कुल जम्मा रु ११ लाख रुपया रहेको दुई वटा मिलको उद्घाटन कार्यक्रम एक समारोहका विच सम्पन्न भएको छ । जनकल्याण कृषि सहकारी संस्थाका अध्यक्ष श्री अर्जुन बहादुर धामी अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मेल्लेख गाउँपालिकाका अध्यक्ष लोक बहादुर बोहरा रहनु भएको थियो । कार्यक्रममा वर्डा नं. १ अध्यक्ष तुले धामी, २ का अध्यक्ष दान बहदुर बुढा, वाक नेपालका अध्यक्ष बल बहादुर के.सी., मिल संयोजक जगत रावल, आपूर्ती व्यवस्थापन अधिकृत अनुजा श्रेष्ठ, सामाजिक परिचालक भुपेन्द्र भण्डारी, वडा नं १ र २ गठित समुदायमा आधारित संस्थाका प्रतिनिधि र आम समुदायको सहभागीता रहेको कार्यक्रमको संचालन वाक नेपालका सामाजिक परिचालक भुपेन्द्र भण्डारीले गर्नु भएको थियो भने स्वागत मन्तव्य जनकल्याण कृषि सहकारी संस्थाका सचिव मान सिंह बि.क. ले राख्नु भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले दुर्गम बस्तिका महिलाहरुको दुख पिडालाई मध्य नजर गरी मिल स्थापना गर्न पहल गर्ने वाक नेपाल, सहकारी संस्था र वडा कार्यालयलाई धन्यवाद दिनु भएको छ । साथै आफ्नो गाउपालिका आगामी दिनमा वाक नेपालसंग मसलावाली र आलु प्रशोधन जस्ता कार्यमा सहकार्य र साझेदारीता गरेर कम गर्न सकिने कुरा व्यक्त गर्नु भएको छ । कार्यक्रममा बोल्दै वडा अध्यक्ष द्धयले मिल स्थापना कार्यमा सहयोग गरेकोमा वाक नेपाललाई धन्यवाद दिदै मिलको दीगोपनामा वडा कार्यालयको निरन्तर सहयोग रहने कुरा व्यक्त गर्नु भएको छ । गाउँपालिकाका अध्यक्षले मिलको सुईच खोलेर उद्घाटन गर्नु भएको थियो भने वाक नेपालका अध्यक्ष बल बहादुर के.सीले मिल संचलनको जिम्मा लिएको जनकल्याण सहकारी संस्थाका अध्यक्षलाई मिलको साँचो हस्तान्तरण गर्नु भएको थियो । दुर्गम बस्ति ऋषिदहमा मिल संचालनमा आए पछि स्थानीय वासीहरु हर्षित भएका छन् ।