संयुक्त पाँच विद्यार्थी संगठनद्वारा भारतीय अपराधिक कार्यको भत्सर्ना । - Biltham Khabar

संयुक्त पाँच विद्यार्थी संगठनद्वारा भारतीय अपराधिक कार्यको भत्सर्ना ।

  • 134
  •  
  •  
  •  
    134
    Shares
संयुक्त पाँच विद्यार्थी संगठनहरुले भारतीय ज्याजती र विभिन्न विश्वविद्यालयमा भाइरहेको घटनामा प्रती ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति निकालेको छ । विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्री नियुक्त भई पुनस्र्थापित संसदबाट विश्वासको मत प्राप्त गर्न सफल हुनुभएकोमा संयुक्त विद्यार्थी संगठनको तर्फबाट बधाइ ज्ञापन गर्दछौं । हामीले देशका मुख्य विषयहरुमा ध्यानाकर्षण गराउन चाहन्छौं ।
१. दार्चुलाको व्यास गाउँपालिका वडा नं. २ का जयसिंह धामी विदेश जानको लागि महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र प्रहरीले तुइन काटिदिएपछि नदीमा बगेर बेपत्ता भएका छन् । संयुक्त विद्यार्थी संगठन भारतीय अपराधिक कार्यको विरोध र भत्र्सना गर्दै घटनाको छानविन गरी तुइन काट्ने व्यक्तिलाई कारवाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दछौं ।
२. मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थीको आन्दोलन चलिरहेको छ । विश्वविद्यालयका उपकूलपतिले विद्यार्थीमाथि प्रशासन लगाएर दमन गर्ने, धम्क्याउने गरेका छन् । उपकूलपतिको कारण परीक्षाको वातावरण विथोलिएको छ । विद्यार्थीहरुका जायज मागहरु सम्बोधन गरी परीक्षा सूचारु गर्न माग गर्दछौं ।
३. धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरुबाट भ्रष्टाचार, अनियमितता भएको छ । प्रतिष्ठानका पदाधिकारीहरुले दादागिरी मच्याइरहेका छन् । पढाइ, विरामीको उपचारलगायत दैनिक काममा निकै बाधा उत्पन्न भएको छ । उपकूलपतिलाई बर्खास्त गरी प्रतिष्ठानका समस्या समाधान गर्न माग गर्दछौं ।