विद्यालयहरु भोलिदेखि नै बन्द हुने, विश्वविद्यालयको परीक्षा नरोकिने (विज्ञप्ति सहित) - Biltham Khabar

विद्यालयहरु भोलिदेखि नै बन्द हुने, विश्वविद्यालयको परीक्षा नरोकिने (विज्ञप्ति सहित)

  • 134
  •  
  •  
  •  
    134
    Shares

२६ पुस, काठमाडौं । कोरोना संक्रमण बढेपछि पुस २७ देखि माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको सरकारले विदाको अवधिमा १२ देखि १७ बर्ष उमेर समूहका विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम रहेकाले जनाएको छ । 
सोमबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रेश विज्ञप्ति जारी गर्दै  विदाको उक्त अवधिमा विद्यार्थीहरुलाई सवै स्थानीय तहमा रहेका स्वास्थ्य चौकीमार्फत खोप लगाउन अविभावकहरुसँग अनुरोध गरेको छ । 
‘विदाको उक्त अवधिमा १२ देखि १७ बर्ष उमेर समुहका विद्यार्थीहरुलाई सवै स्थानीय तहमा रहेका स्वास्थ्य चौकीमार्फत खोप लगाउने कार्यक्रम रहेकाले विद्यालयसँग सम्पर्क गरी तोकिएको दिनमा खोप लगाउने कार्यमा आफ्ना बालबालिकालाई पठाइदिनु हुन सवै अभिभावकहरुमा अनुरोध छ’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।साथै मन्त्रालयले विदाको अवधिमा विद्यालयलहरुले सिकाइृ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीहरुको सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रवन्ध मिलाउन अनुरोध समेत गरेको छ । मन्त्रालयको सोमबार बसेको बैठकले सीसीएमसीको सिफारिस अनुसार पुस २७ देखि माघ १५ सम्म सवै विद्यालय बन्द गर्ने सिफारिस कार्यन्वयन गर्ने निर्णय गरेको छ ।