वाक नेपालद्धारा कृषकहरुलाई महिलाहरुको कार्यबोझ घटाउने तथा कृषि उत्पादन बढाउन कृषि उपकरण सहयोग - Biltham Khabar

वाक नेपालद्धारा कृषकहरुलाई महिलाहरुको कार्यबोझ घटाउने तथा कृषि उत्पादन बढाउन कृषि उपकरण सहयोग

  • 134
  •  
  •  
  •  
    134
    Shares

खेमराज ओझा ०९ माघ २०७८ वाक नेपालद्धारा कृषकहरुलाई महिलाहरुको कार्यबोझ घटाउने तथा कृषि उत्पादन बढाउने कृषि उपकरण सहयोग
वाक नेपाल र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा संचालित उत्थानशिल जीविकोपार्जन तथा पोषण परियोजना अन्र्तगत अछाम जिल्लाको साफेबगर नगरपालिका, मेल्लेख गाउँपालिका र पञ्चदेवल बिनायक नगरपालिकाका १७ जना कृषकहरुलाई महिलाको कार्यबोझ घटाउने तथा कृषि उत्पादन बढाउने उद्देश्यले कृषि उपकरण सहयोग गरिएको छ । ७ जना कृषकहरुलाई खनजोत गर्ने मिनि टिलर र १० जना कृषकहरुलाई मकै छोडाउने मेशिन सहयोग गरिएको छ । प्रति मिनि टिलर रु. सत्तरी हजार र प्रति मकै छोडाउने मेशिन रु एक्काईस हजारका दरले कुल जम्म रु ७००००० (सात लाख) बराबरको कृषि उपकरण सहयोग गरिएको हो । वाक नेपालको केन्द्रिय कार्यालय साफेबगरमा एक कार्यक्रमका विच कृषकहरुलाई सामग्री हस्तान्तरण गरिएको हो । सामग्री आपुर्ती कर्ता सिद्धि रिद्धि सप्लायर्सका प्राबिधिकहरुले सहयोग गरिएका उपकरणको प्रयोग गर्ने तरिका सम्बन्धि अभिमुखीकरण गर्नु भएको थियो । सामग्री हस्तान्तरण कार्यक्रममा वाक नेपाल उत्थानशिज जीविकोपार्जन तथा पोषण परियोजनाका संयोजक दिलिप बोहरा, लेखा संयोजक ईश्वर प्रसाद उपाध्याय, मिल संयोजक जगत रावल, आपुर्ति व्यवस्थापन अधिकृत अनुजा श्रेष्ठ, जीविकोपार्जन अधिकृत धिरज ढुंगाना, निरञ्जना पनेरु सामाजिक परिचालकहरु बिष्णु बुडथापा, रमेश भूल, कविता साउद र दिपिका ओडको सहभागीता रहेको थियो ।