मेल्लेख गाउँपालिकाको भवन र १५ सैया अस्पतालको उद्घाटन हुँदै - Biltham Khabar

मेल्लेख गाउँपालिकाको भवन र १५ सैया अस्पतालको उद्घाटन हुँदै

  • 134
  •  
  •  
  •  
    134
    Shares

अछाम : जिल्लाको मेल्लेख गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन हुने भएको छ ।

गाउँपालिकाको नव निर्मित भवनको निर्माण कार्य पुरा भएपछी उद्घाटन हुन लागेको पालिकाले जनाएको छ।

भवन उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी पनि पुरा भएको पालिका अध्यक्ष लोक बहादुर बोहराले जानकारी दिनुभयो । प्रशासनिक भवन सँगै मेल्लेख गाउँपालिकामा १५ शय्याको अस्पतालको समेत भोलि (सोमबार) उद्घाटन गरिँदै छ ।

गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराका अनुसार १५ शैय्याको आधारभूत अस्पतालको सोमवार बिहान र प्रशासनिक भवनको दिउसो औपचारिक रूपमा उद्घाटन गरिने छ ।

उद्घाटन कार्यक्रमका लागी आवश्यक सम्पूर्ण तयारी पुरा भइसकेको उनले बताउनुभयो ।

प्रशासनिक भवन सञ्चालनमा आएसँगै गाउँपालिका कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा सहज तथा प्रविधिमैत्री हुने अध्यक्ष बोहराको विश्वास रहेको छ ।