भाेलि ग्याल्पो ल्होसार, सार्वजनिक बिदा दिने सरकारको निर्णय - Biltham Khabar

भाेलि ग्याल्पो ल्होसार, सार्वजनिक बिदा दिने सरकारको निर्णय

  • 134
  •  
  •  
  •  
    134
    Shares

काठमाण्डाै – सरकारले भोलि बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले सूचना निकालेर जनाएको छ । 

यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदा दिइएको मन्त्रालयका सूचना अधिकारीले निकाल्नुभएकाे विज्ञप्तिमा भनिएकाे छ । 

मन्त्रालयकाे सूचनाअनुसार भोलि सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था बन्द हुने भएका छन् ।