
बान्नीगढी जयगढ गाउँपालिकामा १३९८ मत गणना गर्दा गाउँपालिका अध्यक्षका ९६ मत र उपाध्यक्षका १३७ मत बदर भएका छन् ।
गाउँपालिकाको वडा नम्बर ६ दर्नाका कुल १३९८ मत गणना गर्दा अध्यक्षका ९६ र उपाध्यक्षका १३७ मत बदर भएका हुन् ।
१३९८ मत मध्य २६ मत पूर्ण रुपमा बदर भएकोमा अन्य मत आंशिक रुपमा बदर भएका हुन् ।
२६ मत पूर्ण रुपमा बदर हुँदा बाँकी रहेका १३७२ मत मध्य अध्यक्ष पदका ९६ मत बदर हुँदा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका टेक बहादुर साउँदले ७७६ मत पाएका छन् भने नेकपा एमालेका लोक बहादुर साउँदले ५०० मत पाएका छन् ।
यस्तै उपाध्यक्ष पदका १३७ मत बदर हुँदा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका निर्मला साउँदले ७०० मत पाउँदा नेकपा एमालेका बिन्दु रावलले ५३५ मत पाएकी छन् ।
मतदाता शिक्षाको अभाव र गठबन्धनका कारण फरक फरक चिन्हमा मतदान गर्नुपर्ने भएकाले अन्य वडाका मत पनि बदर हुन सक्ने देखीएको निर्वाचन अधिकृत हरिश पन्तले जानकारी दिनुभयो ।
मतगणना गर्दा केहि मतपत्रमा औँठा छाप लगाएको समेत भेटिएको पन्तको भनाई छ । बान्नीगढी टुडे बाट साभाार