
सोलुखुम्बु – नेचासल्यानका कमल बास्तोला नेपाल स्वयंसेवक संघ, युवा संगठन सोलुखुम्बुको प्रवक्तामा नियुक्त भएका छन। मूलुकभर संगठन विस्तारका क्रममा बास्तोलालाई सोलुखुम्बु जिल्ला प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको नेपाल स्वयंसेवक संघ, युबा सङ्गठन सोलुखुम्बु समितिले जनाएको छ । नेपाल स्वयंसेवक संघ युवा संगठन सोलुखुम्बुका अध्यक्ष विनोद बास्तोला ले अाजै चिठिबाट जिम्मेवारी दिइएको जानकारी दिनुभयो। उनको जिम्मेवारीले समग्र स्वयमसेवि साथिहरु र उक्त छेत्रमा सक्रिय सम्पूर्णलाइ समेट्ने र सस्थालाई सगरमाथा जस्तै उचाइमा पुर्याउने मा विश्वस्त रहेको पनि बताउनुभयो !
कमल बांस्तोला स्वयमसेवकको रुपमा हाल विभिन्न ठाउँमा सक्रिय छन् साथै नेपाल कमर्स क्याम्पस मिनभवनमा नेपाल रेडक्रस सोसाइटी, ब्लडफर नेपाल,लियो क्लब काठमाडौं जस्ता प्रतिष्ठीत संस्थाका समितिमा रहेर समेत सक्रिय छन् ।
