
अछाम ०३फागुन २०७८ बान्नीगढी जयगढ गाउँपालिका वडा न.-६ दर्नामा नेकपा एमाले को वडा कमिटि को बैठक सम्पन्न भएको छ ।
वडा कमिटि अध्यक्ष जया बहादुर साउदको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अथिति नेकपा एमाले केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज झपट बहादुर बोहरा रहनु भएको थियो । अथितिमा नेकपा एमाले जिल्ला कमिटि सदस्य पंकज बहादुर शाह ,निर्मला कडायत पालिका संगठन कमिटी अध्यक्ष हर्क बहादुर साउद ,दर्नाको टोल कमिटी अध्यक्षहरु अथिति रहनु भएको कार्यक्रममा नेता कार्यकर्ता हरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा नेकपा मावोबादी केन्द्र का भागिरथ परिया,झंकर दमाई ,डम्बर कडायत , नेपाली कांग्रेसका गणेश बहादुर शाह,उज्जिर साउद, जंग वहादुर साउद लगायत मावोबादी केन्द्र र कांग्रेस बाट दर्जन बढी नेता कार्यकर्ताहरु नेकपा एमालेमा पार्टी प्रबेश गर्नु भएको छ। पार्टी प्रवेश गर्ने नेता कार्यकर्तालाई स्वागत गर्दै आगामि दिनमा नेकपा एमालेमा एक ढिक्का भएर लाग्न प्रमुख अतिथि झपट बोहरा ज्यू ले आग्रह गर्नु भएको थियो ।
दर्नाका टोल कमिटी अध्यक्ष हरुले आ-आफ्नो टोलको रिपोर्टिङ प्रस्तुत गरिएको थियो ।
वडा कमिटी सदस्य नयन बहादुर शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सुरु वडा कमिटि स-सचिव पाना कुमारी धामिले गर्नु भएको थियो ।