दैलेखमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

दैलेखमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

  • 134
  •  
  •  
  •  
    134
    Shares

सुर्खेत । दैलेखमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भगवतीमाई गाउँपालिका–२ बेस्तडादेखि सदरमुकाम नारायण नगरपालिकातर्फ जाँदै गरेको लु.२ च ४८२९ नं.को डबल क्याप दुर्घटनामा परेको हो।

नारायण नगरपालिका–११ लोहोर कच्ची सडक खण्डमा दुर्घटना हुँदा जीप चालक दैलैख भगवतीमाई गाँउपालिका ६ बस्ने ३० वर्षीया कृष्ण रोकाको घटनास्थलमा नै मृत्यु भएको हो ।

जीपमा ३ जना महिला ५ जना पुरुष र २ जना बच्चा गरेर १० जना सवार रहेका थिए । घाइतेहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।