दर्नामा अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर न्यानो लुगा वितरण - Biltham Khabar

दर्नामा अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर न्यानो लुगा वितरण

  • 134
  •  
  •  
  •  
    134
    Shares

पञ्चदेवल न्युूज २१ मंसिर २०७८ बान्नीगढी जयगढ गाउँपालिका वडा न:६ दर्नामा न्यानो लुगा वितरण भएको छ ।
आज एक कार्यक्रमका बिच वडा न: ६ दर्नाका अपाङ्गता भएका व्यक्तिलाई न्यानो लुगा वितरण गरिएको छ । उनीहरूलाई जाडो मौसमबाट बचाउने उद्देश्यले न्यानो लुगा वितरण गरिएको हो ।गाउँपालिकाका ५ वटा वडाका अपाङ्गता भएका नागरिकलाई लुगा वितरण गरिसकेको र वडा न:६ दर्नामा महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख दुर्गा ढुङ्गानाले वडामै पुगे र वितरण गर्नुभएको हो लुगा वितरण कार्यक्रममा वडा अध्यक्ष कृष्ण बहादुर कडायत ऐश्वर्य मा.वि का शिक्षक भोज ब.धामी लगायतको उपस्थित रहेको थियो

गाउँपालिकाले गरेको सानो सहयोगले अपाङ्गता भएका नागरिकलाई थोरै भए पनि राहत हुने अपेक्षाले न्यानो लुगा वितरण गरिएको बताउनुभयो । महिला बालबालिका शाखाले अपाङ्गता भएका, पछाडि परेका नागरिक र बालबालिकाका लागी बिभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
अपाङ्गता भएका बालबालिकालाई शिक्षा क्षेत्रमा जोड्न र प्राथमिक शिक्षा हासिल गर्ने व्यवस्था गर्न गाउँपालिकाकाले प्रयास गरिरहेको उहाले बताउनुभएको छ ।