दर्नाको राक्से खेत पहिरोको उच्च जोखिममा - पञ्चदेवल न्युज - Biltham Khabar

दर्नाको राक्से खेत पहिरोको उच्च जोखिममा – पञ्चदेवल न्युज

  • 134
  •  
  •  
  •  
    134
    Shares

खेमराज ओझा अछाम ३० श्रवण २०७८
बान्नीगढी जयगढ गाउँपालिका वडा नं.६ दर्ना को काँडाकोट पहिरोको उच्च जोखिममा परेको छ ।
वडा नं. ६ को काँडाकोट स्थित धामीटोल र कठायत टोलका करिव १२ परिवारको १०२ पाथि खेत पहिरोले केही बगाइसकेको र केही खेत पहिरोले गर्दा भासिसकेको छ । सो पहिरोका कारण ३ वटा घरछाना पनि जोखिममा परेका छन ।
जस मध्य पाथे धामी ,कुले धामी ,जहरी धामी का घरछाना हरु जोखिममा परेका हुन ।
आफ्नो सम्पुर्ण खेतहरु पहिरोले लिन लाग्दा भोकमरीको ठुलो समस्या हुने स्थानियको भनाई छ ।
पहिरो गइरहेको राक्से खेतमा जोखिममा परेका खेतहरु

जोखिममा परेका खेत धनीहरहरु १.सर्पे धामी –६ पाथी
२.झपट धामी -३ पथी
३.गणेश भामी -९ पाथी
४. दिपक धामी -१२ पथी
५.चंखे भामी -१६ पाथी
६. बाहजी साउद -६ पाथी
७. कम्माने धामी -१० पाथी
८. जहरी धामी -१२ पाथी
९. धन बहादुर धामी -१४ पाथी
१०. लक्ष्मण कठायत -१६ पाथी
११. परे धामी -४ पाथी
१२.कुल बहादुर धामी -६ पाथी खेत आधा आधा पहिरोले बगाईसकेको र केही खेत भासि सकेको छ ।
काडाँकोट मा लागेको पहिरो का आज वडा अध्यक्ष श्री कृष्ण बहादुर कडायत को टोलिले आज अनुगमन गरेका छन । जयगढ प्रहरि चैकी का ईन्चार्ज रमेश राज भट्ट,पञ्चदेवल न्यूज का खेमराज ओझा लगायत स्थानिय हरुले संयुक्त रुपमा पहिरोको अनुगमन गरेका हुन । स्थानिय हरुले वडा अध्यक्ष समक्ष खेत सबै पहिरोले लगेकाले आफुलाई उचित राहतको व्यावस्थापान गरिदिन हुन भनेर माग गरेका छन । वडा अध्यक्ष कडायतले सकेसम्म राहतका लागी पहल गर्ने बताउनु भयो ।