जन्मदिनको अवसरमा NCC अध्यक्ष राई द्वारा वृद्ध आश्रममा फलफूल तथा खाद्यान्न वितरण । - Biltham Khabar

जन्मदिनको अवसरमा NCC अध्यक्ष राई द्वारा वृद्ध आश्रममा फलफूल तथा खाद्यान्न वितरण ।

  • 134
  •  
  •  
  •  
    134
    Shares

काठमाडौं : अखिल (क्रान्तिकारी) नेपाल कमर्स क्याम्पसका अध्यक्ष सम्राज राई द्वारा जन्मदिनको अवसरमा वृद्ध आश्रममा फलफूल तथा खाद्यान्न सामाग्री वितरण गरिएको छ काठमाडौंको शान्तिनगर स्थित नि: सहाय सेवा सदन मा जन्मदिन मनाउदै अध्यक्ष राईले अन्यत्र फर्जुल खर्च गरेर जन्मदिन मनाउनु भन्दा वृद्ध आमाबुबा संग जन्मदिन मनाउदा मनमा आनन्द र शान्ति पाइने भएकोले आफ्नो खाजा खर्चबाट कटौती गरेर वृद्ध आश्रममा सहयोग गरेको बताउनु भयो विगतमा पनि यसरी नै मनाउने गरेका राईले आगामी दिनमा पनि यसरी नै आफ्नो जन्मदिन मनाउने जानकारी दिनु भयो ।जन्मउत्सवमा अखिल (क्रान्तिकारी)नेपाल कमर्स क्याम्पसका उपलब्ध पदाधिकारी तथा सदस्यको पनि उपस्थित रहेको थियो ।