
अछाम : जन्मदिनको अवसर बान्नीगढी जयगढ गाउँपालिका नायब सुब्बा दम्पती तिलकमान ठकुल्ला र समीक्षा थापाले छोरा स्वर्णिमजंग ठकुल्लाको जन्मदिनको बैजिनाथ धाम वेद विद्याश्रममा मनाएका छन् ।
शुक्रबार बिहान नायब सुब्बा दम्पतीले छोराको जन्मदिनको अवसरमा बैधनाथ वेद विद्याश्रमका २७ जना बिधार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग समेत गरेका छन् ।
यस्तै छोराको जन्मदिनको अवसरमा नायब सुब्बा दम्पतीले बल्डक्यासर पिडित गणेश ठकुल्लालाई समेत ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् ।
अनावश्यक फजुल खर्च गर्नु भन्दा सामाजिक कार्यमा खर्च गरिएको नायब सुब्बा दम्पतीले बताउनुभयो ।
छोराको जन्मदिनमा सहयोग गर्न पाउँदा आफूलाई निकै खुसी लागेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । रामारोसन टुडे बाट साभार



