गुरुकुलका प्राचार्यलाई कारबाही गर्न नेपाल राष्ट्रिय दलित विद्यार्थी संगठनको माग । - Biltham Khabar

गुरुकुलका प्राचार्यलाई कारबाही गर्न नेपाल राष्ट्रिय दलित विद्यार्थी संगठनको माग ।

  • 134
  •  
  •  
  •  
    134
    Shares

काठमाडौँ–  नेपाल राष्ट्रिय दलित विद्यार्थी संगठनले जातीय भेदभाव गरी विद्यार्थी भर्ना नलिने ललितपुरको शंखमुलस्थित जगद्गुरु आदर्श संस्कृत गुरुकुलका प्राचार्यलाई कारबाही गर्न माग गरेको छ।
गुरुकुलले बर्दियाबाट आई भर्ना हुन कपाल मण्डनसमेत गरिसकेको अवस्थामा जातीय भेदभाव गरी भर्ना नलिएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल राष्ट्रिय दलित विद्यार्थी संगठनले गुरुकुलका प्राचार्यलाई कारबाही गर्न माग गरेको हो।
बुधबार (हिजो) ललितपुरको शंखमुलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकुलले दलित भएकै कारण आश्रमको पूर्वस्वीकृतिअनुसार व्रतवन्ध गरी कपालसमेत मुण्डन गरेर भर्ना हुन पुगेका बर्दिया जिल्ला, बारबर्दिया नगरपालिका-६ का १० वर्षे समीर सुनार, १२ वर्षे विराज सुनार, ५ वर्षे भुवेश्वर सुनार र १० वर्षे भीमबहादुर सुनारलाई पढाइबाट वञ्चित गरेकोप्रति नेपाल राष्ट्रिय दलित विद्यार्थी संगठनको ध्यानाकर्षण भएको छ,’ अध्यक्ष प्रेम विश्वकर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
‘५० जनाको सिट क्षमता भएको गुरुकुलमा ३३ जना मात्रै विद्यार्थी भर्ना हुँदा पनि सीट संख्या पूरा भएको झुठो दाबी गर्ने प्राचार्यलाई कारबाहीको दायरामा ल्याउन प्रशासनसमक्ष जोडदार माग गर्दछौं,’ गुरुकुलका प्राचार्यलाई कारबाहीको माग गर्दै विश्वकर्माले विज्ञप्तिमा उल्लेख गरेका छन्।

यस्तो छ विज्ञप्तिको पूर्णपाठ :