किरण गजमेरले पाएको २५ लाख पुरस्कारबाट दुई ठाउँमा एम्बुलेन्स सहयोग गर्ने घोषण । - Biltham Khabar

किरण गजमेरले पाएको २५ लाख पुरस्कारबाट दुई ठाउँमा एम्बुलेन्स सहयोग गर्ने घोषण ।

  • 134
  •  
  •  
  •  
    134
    Shares

काठमाडौं ।  ‘द भ्वाइस अफ नेपाल ३’ काे उपाधि किरण गजमेरले जितेका छन्। उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन्। किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए ।

यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ  र टीम तृष्णाबाट ज्वाला फाइनलिस्ट भएका छन् ।  यी तीनैजना फाइनलिस्टले द भ्वाइसकाे ट्रफी पाएका छन् ।  एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइन मार्फत संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए ।

किरण गजमेरले उपाधि जितेपछि पत्रकारहरुसंग कुरा गदै आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद दिए । किरणले भने–‘म यो मायाको लागि सधैं नै ऋणी भएको छु । साथै उनले आफुले पाएको २५ लाख रुपैयाँबाट पुर्वी नेपालको शरणार्थी शिविरमा एउटा एम्बुलेन्स र पश्चिम नेपालको आवश्यक ठाउँको लागि एउटा एम्बुलेन्स किन्ने उनले घोषण गरेका छन् भने बचेको रकम कोभिड १९ को खोपको लागि सहयोग गर्ने र एक हजार रुपैयाँ सरस्वती माताको आशीर्वाद आफ्नी आमाको लागि लिनेे बताए ।
यसअघि पनि टिम प्रमोदबाटै राम लिम्बुले यो उपाधि जितेका थिए । यो रियालिटी शो हिमालय टीभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रसारण हुँदै आएको थियो ।