
अछाम बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाका धन बहादुर रावत ३ दिन देखी बेपत्ता रहेका छन् ।
रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारमा अनन्ते मेला हेर्न गएका रावत यही असोज ४ गते देखी बेपत्ता भएका हुन् ।
असोज ४ गते सुतारमा अनन्ते मेला हेर्न गएका रावत सोही राती देखी बेपत्ता रहेको पारिवारिक स्रोतले बताएको छ ।
नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य समेत रहनु भएका रावत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाको वडा अध्यक्षको उम्मेद्वार बन्नु भएको थियो ।
बेपत्ता रहनु भएका रावतको स्थानीय प्रहरी,आफन्तजन लगायतले खोजी कार्य जारी राखेका छन् ।