अनेरास्ववियु अछामको विभागिय जिम्मेवारी बाँडफाड - Biltham Khabar

अनेरास्ववियु अछामको विभागिय जिम्मेवारी बाँडफाड

  • 134
  •  
  •  
  •  
    134
    Shares

अछाम अनेरास्ववियु अछाम जिल्ला सचिबालय को दोस्रो बैठक सम्पन्न भएको छ ।

अनेरास्ववियु अछामका जिल्ला अध्यक्ष नरेन्द्र खड्का को अध्यक्षतामा भएको बैठकमा बिजया दशमीको उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्दै बैठकबाट अनेरास्ववियु अछामले विभागिय जिम्मेवारी बाड फाड गरिएको गरेको छ ।

जसमा संगठन विभाग प्रमुख : श्याम सुन्दर रावल ,प्रचार विभाग प्रमुख: रेबन्त बिस्ट,प्रशिक्षण विभाग प्रमुख: राजकुमार सुनुवार ,महिला विभाग : मनपूरा शाही,शैक्षिक विभाग: मनोज थापा,रचनात्मक तथा सामाजिक सरोकार विभाग; चित्र भण्डारी,प्रकाशन विभाग: सन्तोष भण्डारी,खेलकुद विभाग: राम बहादुर साउद ,स्वास्थ विभाग: बालकृष्ण भण्डारी,कार्यालय विभाग: सबिता भण्डारी,स्ववियु परिचालन तथा विद्यार्थी कल्याण विभाग: मिलन साउद र सम्पर्क विभागमा देवसरा भण्डारी रहेका छन ।
कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले जिल्ला पार्टी सचिव भिम बहादुर रावल कालो टोपी रहनु भएको थियो भने बिशेष अथिती अनेरास्ववियुका केन्द्रिय सदस्य एबम अछाम जिल्ला सह इन्चार्ज सुरेन्द्र साउद, प्रदेश कमिटी सदस्य एबम संघठन विभाग प्रमुख प्रेम देबकोटा रहनु भएको थियो ।

बैठकको संचालन अनेरास्ववियु अछामका सचिब भिम बडाहितले गर्नु भएको अनेरास्ववियु अछाम जिल्ला प्रबक्ता रेवन्त विष्टले जानकारी दिनुभएको छ ।