
अछाम : अछाममा आज थप १३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।
आज पीसीआर परीक्षणमा ३ जना र एन्टीजेन परीक्षणमा १० जना गरी जम्मा १३ जनामा संक्रमण पुष्टी भएको हो । पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा ४ जनाको नमुना परिक्षण भएकोमा ३ जनामा संक्रमण पुष्टि भएको छ ।
आज संक्रमण देखिनेमा कमलबजार नगरपालिका वडा नम्बर १ का ३० र ५० बर्षिय २ जना पुरुष र मंगलसेन नगरपालिका वडा नम्बर १ का २५ बर्षिय पुरुषमा संक्रमण पुष्टी भएको प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयो ।
प्रयोगशालाका सुचना अधिकारी बिष्टका अनुसार हालसम्म पिसिआर प्रयोगशालामा ८ हजार ३६ जनाको कोरोना परीक्षण गर्दा २ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैबिच जिल्लाका मंगलसेन नगरपालिका , साँफेबगर नगरपालिका, बान्निगढी जयगढ गाउँपालिका, रामारोशन गाउँपालिकामा आज २४ जनाको स्वाव संकलन गरी भएको एन्टीजेन परीक्षणमा थप १० जनामा कोरोना भाईरसको संक्रमण देखिएको स्वास्थ्य कार्यालय अछामका कोभिड फोकल मेडिकल ल्याव अधिकृत मीन बहादुर कुवँरले जानकारी दिनुभयो ।
यस्तै यो समाचार तयार पार्दा सम्म जिल्लाभर ४६ जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ कार्यालय अछामले जनाएको छ । तीमध्ये ३८ जना होम आईसोलेसनमा छन् भने ८ जना अस्पतालको आईसोलेसनमा उपचाररत छन् । रामारोशन टुडे वाट साभार