
अछाम । अनेरास्ववियु क्रान्तिकारीको मिति 2078/12/12 गते बसेको जिल्ला कमिटीको दोश्रो पुर्ण बैठकको निर्णय अनुसार अछाम जिल्ला अन्तर्गतका सम्पुर्ण बिद्यालयमा संगठन सुदृढीकरण अभियान अन्तर्गत आज २०७८/१२/२०गते श्री अष्टशिद्वि मा बि ढकारी गाउपालिका वडा नम्बर ६मा क. सुर्य बहादुर थापाको अध्यक्षतामा 31 सदस्यीय संगठन कमिटि गठन गरियो ।
जस्मा,
अध्यक्ष :सुर्य बहादुर बुढा
उपाध्यक्ष : सुरेश भुल/लक्ष्मण बुढा
सचीव :रेजिना बुढा
सहसचिव: रमेश मगर
कोषाअध्यक्ष :पबित्र अधिकारी
लगायतका सम्पुर्ण कमरेडहरुलाइ हार्दिक बधाइ सहित सुभकामना ।
उक्त कार्यक्रमको अध्यक्षता क. टंक बहादुर थापा प्रमुख अतिथि संगठनका जिल्ला कमिटी सचिवालय सदस्य तथा ढकारी गाउपालिका अध्यक्ष सागर रिमाल रहनु भएको थियो प्रमुख अतिथिको आसन बाट बोल्दै सागर रिमालले अखिल क्रान्तिकारी विद्यार्थीहरुका हक अधिकारका लागी विद्यार्थीहरुका समस्याहरु समाधान गर्नका लागि अखिल क्रान्तिकारी सडक बाघका रुपमा सधै लागिरहेको बताउनु भयो । साथै विद्यार्थीहरु बाटअनावश्यक रुपमा पैसा असुल गरि राज्यको नीति बिपरित कार्य गर्ने बिद्यालय अथवा शिक्षकलाई कार्बाही गर्ने चेतावनी पनि दिनु भयो विशिष्ट अतिथि हाम्रो महान तथा गौरबशाली संगठन अखिल क्रान्तिकारी जिल्ला कमिटी सदस्य युवराज चिन्तन जिल्ला कमिटी सदस्य निराजन थापा रहनु भएको थियो ।
कार्यक्रमको संन्चालन संगठनका जिल्ला कमिटी सदस्य क. उपेन्द्र थापाले गर्नु भएको थियो ।