
काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी यथास्थितिमा पारित गर्न नहुने भन्दै सत्ताघटक नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले मसाल जुलुस सहित विरोध गरेको छ । बानेश्वरको बिजुलीबजार क्षेत्रमा उनीहरूले मसाल सहित विरोध गरेका हुन । मसाल जुलुसमा ‘नो एमसीसी’,‘रिजेक्ट एमसीसी’ लगायतका नारा लगाएका थिए ।
अखिल क्रान्तिकारीले एमसीसीविरुद्ध लगातार प्रदर्शन गर्दै आएको छ । तस्बिरहरु



