
अछाम । रामारोशन गाउपालिका वडा न ७ सुतार विन्देश्वरी नमुना माध्यामिक विद्यालयमा नि शुल्क स्वास्थ र शिक्षा ,अनिवार्य रोजगार:मौलिक अधिकार कार्यनयन मा हाम्रो सरोकार भन्ने मुल नाराका साथ अखिल क्रान्तिकारी बिद्यार्थी सङ्गठन को कमिटी चयन गरिएको छ ।रामारोशन गाउपालिका कमिटी अध्यक्ष मान ब भण्डारी को अध्यक्षतामा बसेको बैठक ले 51 सदस्यीय कमिटी चयन गरेको हो ।अध्यक्ष सागर अयडीको अध्यक्षतामा 51 सदस्यीय चयन गरेको हो,निर्बाचित कमिटी लाई बधाइ तथा सुभकामना दिदै कार्यक्रम का प्रमुख अथिती अखिल क्रान्तिकारी का पुर्ब जिल्ला कमिटी सचिब वाइसीएल नेपाल योङ कम्युनिस्ट लिग अछामका संयोजक चन्द्र भण्डारी ले शैक्षिक क्षेत्रको सम्बाहक सडक बाघ को रुपमा स्थापित अखिल क्रान्तिकारी गतिशील सङगठन भएको बताउनु भएको छ ।लामो संघर्षबाट स्थापित अखिल क्रान्तिकारी ले शिक्षामा भएको निजीकरण लाई तत्काल रोक्न माग गर्दै गुणस्तरीय शिक्षा मा जोड दिनुपर्ने बताउनु भयो । महिला दलित अपांग ,सहिद परिवार गरिब उत्पीडित को पक्षमा रहेको एकमात्र सङ्गठन अखिल क्रान्तिकारी रहेको र नेता जन्माउने सङगठन भएको दाबी गर्नुभएको छ ।निशुक्क शिक्षा को माग गर्ने ,विद्यार्थी का हक अधिकार निम्ति लडने विद्यार्थी को सारथि बनेको सङ्गठन लाई थप चलाएमान बनाउन शसक्त लाग्नु पर्ने मा जोड दिनु भएको छ । कार्यक्रम बिशिस्ट अथिती अखिल क्रान्तिकारी का जिल्ला सचिवालय सदस्य एब रामारोशन गाउपालिका सह इन्चार्ज डम्बर अयडी ,अखिल क्रान्तिकारी का रामारोशन कमिटी अध्यक्ष मान ब भण्डारी ,पालिका सदस्य चेतमान भण्डारी लगायत को उपस्थिति रहेको थियोे । दिनेश भण्डारी को स्वगत मन्तव्य बाट सुरु भएको कार्यक्रम को संचालन खकेन्द्र बिक ले गर्नु भएको थियोे