

अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नं.६ दर्नामा पर्ने छडिखोला झर्ना प्रचार प्रसारको अभावमा रहेको । बान्नीगढी जयगढ गाउँपालिका वडा नं. ६ अन्तरगत दर्ना पर्ने झर्नाको बारेमा आवश्यक प्रचार प्रसार नुहदाँ ओझेलमा परेको हो ।
झर्नाको बारेमा सम्बन्धीत सरोकारवालाको ध्यान नजादाँ मनमोहक झर्ना ओझेलमा परेको स्थानिय प्रेमपुर्ण ठकुल्लाले बताए । पर्यटकको मनै लोभ्याउने झरनाका बारेमा सामान्य स्थानियलाई मात्र जानकारी भएको र अरु धेरैलाई पनि एसबारे जानकारी नहुदा प्रयटकिय सम्भावना बोकेको झर्नाको बारेमा प्रचार प्रसार नभएको उनले बताए ।
तल र माथी गरेर दुई वटा मनमोहक झरना रहेको उक्त ठाँउमा पछिल्लो समयमा भने आन्तिरक पर्यटकहरु जाने गरेका छन् । आज मात्रै जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नं. ६ दर्नाका वडा अध्यक्ष सहितको २० जना त्यहाँ पुगेको हुन ।
आन्तरिक तथा बाह्य पर्यटकका लागि उचित गन्तव्य रहेको झर्नाका बारेमा गाउँपालिका तथा वडा कार्यालयले पनि चाँसो दिएर गोरेटो बाटो मर्मत गरेमा आन्तरिक तथा बाह्य पर्यटक हरुको भिड लाग्ने त्याहाँ पुगेका ज्योति लाईफ इन्स्योरेन्स अछाम शाखाका प्रमुख गणेश बहादुर साउदले बताउनु भयो । छडीखोला झर्ना मनोरम दृष्यले भरपूर्ण मनामोहक पर्यटकहरुलाई लोभ्याउने ठाँउ रहेको वडा सहायक गोकुल ठकुल्लाले पञ्चदेवल न्यूज लाई बताए ।
छडिखोला झर्ना गर्मीयाममा गर्मी छल्नका लागी पनि उचित गन्तव्य हुन सक्ने दर्ना यस्वास्थ्य चौकी इन्चार्ज नारायण रिमालले बताए ।
तत्कालिन दर्ना गाविसको वडा नं. ५ चन्डालि र वडा नं.९ पाटेखेतको सिमाना मा पर्ने झर्नाका बारेमा हाल सम्म पनि प्रचार प्रसार नहुनु दुखद रहेको बताउदै स्थानीय रेबन्त ठकुल्लाले । वडा कार्यालयलले जिल्लाको एक पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न वडा अध्यक्ष समक्क्ष आग्रह गर्नुभयो यो झर्नालाइ बिकास गरेमा जिल्लाकै एक भ्रमणका लागि उपयुक्त ठाउ बन्ने उहाले बताए ।
तत्कालिन सुतार र दर्ना गाविसको सिमाना माथि लेकबाट मुहान भई बग्ने छडिखोला झर्ना बान्नीगढी जयगढ गाउँपालिका वडा नं. ६ को पाटेखेत हुदैँ कैलाश खोलामा मिसिने गरेको छ ।
झर्नाको अवलोकनमा पुगेका बान्नीगढी जयगढ गाउँपालिका वडा नं.६ दर्नाका वडा अध्यक्ष कृष्ण बहादुर कडायत ले आफुले यसअघि पनि छडिखोला झर्नाको प्रचार प्रसारका लागि पहल गरेको बताउदै यसरी नै आन्तरिक पर्यटक हरुले झर्नाको भ्रमण गरेमा प्रचार प्रसारमा टेवा पुग्ने र बाह्य पर्यटकका लागि पनि मनोमोहक झर्नामा मा मन रमाउने एक गन्तव्य बन्ने उहाँले बताउनु भयो । छडिखोला झर्नाको बिकासका लागि आफुले वडा कार्यलय तथा गाउँपालिका बाट झर्नाको बिकास का लागि सक्दो प्रयास गर्ने बताउदै ।यो झर्नाको बिकास गरेमा आन्तरिक तथा बाह्य पर्यटक बृदि हुँदै स्थानीय स्थरको पर्यटकीय सम्भावना बोकेका दर्नाका छडिखोला, दर्ना पञ्चदेवल , बिल्थम ,जस्ता धेरै पर्यटकिय स्थलको बिकास हुने र यसको बिकास का लागि आफु जहिले पनि प्रयासरत रहेको बताउनु भयो ।
छडिखोला झर्ना हेर्न कसरी पुग्ने ?
जयगढ बजार बाट रामारोशन जाने सडक खण्ड हुँदै वडा नं. ६ दर्नाको सिलाने खोला हुँदै अलि पर बाट वडा कार्यालय जाने बाटो बाट ऐश्वर्य माध्यामिक बिद्यालय हुँदै वडा कार्यलय सम्म मोटरसाईक तथा जिपको यात्रा गरेर त्यहाँ पुग्न सकिन्छ । त्इसपछि वडा कार्यलय बाट चन्डाली सम्म मोटरसाइकल तथा जीव को यात्राबाट जान सकिन्छ त्यसपछि चन्डालि गाउबाट ३० मिनेट हिडेर सहजै छडिखोला झर्नामा पुग्न सकिन्छ ।
दर्नाको छडिखोला झर्ना हेर्नको लागि प्रचारप्रसारमा भएमा आन्तरिक तथा बाह्य पर्यटकहरु घुइचो लाग्ने झर्ना हेर्न पुगेका स्थानीय हरुले पञ्चदेवल न्यूज लाई बताए