सिटिईभिटिको डिप्लोमा तथा प्रमाणपत्र तहमा निशुल्क छात्रवृत्ति छनोटको लागि आवेदन माग - Biltham Khabar

सिटिईभिटिको डिप्लोमा तथा प्रमाणपत्र तहमा निशुल्क छात्रवृत्ति छनोटको लागि आवेदन माग

  • 134
  •  
  •  
  •  
    134
    Shares

काठमाडौं साउन ३० -सिटिईभिटि परीक्षा नियन्त्रण कार्यलयले शैक्षिक सत्र २०७८ /०७९ मा डिप्लोमा तथा प्रमाणपत्र तहको निःशुल्क छात्रवृत्ति छनोटका लागि आवेदन फारम खुला गरेको छ ।

सिटिईभिटि परीक्षा नियन्त्रण कार्यलयबाट सञ्चालन हुने डिप्लोमा तथा प्रमाण पत्र तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा छात्रवृत्ति छनोटका लागि आवेदन फारम खुला गरेको हो ।

परिषद्बारा सञ्चालन सम्बन्धन स्वीकृति प्राप्त आंगिक,साझेदारी, टेक्स तथा निजी शिक्षण संस्थाहरुमा निर्धारण गरिएको वर्गीकृत छात्रवृत्ति कोटामा भर्नाका लागि योग्यता पुगेका व्याक्तिले भदौ २२ गते भित्र आवेदन फारम भर्नु पर्ने जनाएको छ ।