विनायकमा भएको घटनाको यथाशीघ्र छानबिन र दोषीलाई कारबाही गर्न अखिल (क्रान्तिकारी)को माग । - Biltham Khabar

विनायकमा भएको घटनाको यथाशीघ्र छानबिन र दोषीलाई कारबाही गर्न अखिल (क्रान्तिकारी)को माग ।

  • 134
  •  
  •  
  •  
    134
    Shares

अछाम । अनेरास्ववियू (क्रान्तिकारी) अछामले जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकामा भएको घटनाको यथासिघ्र छानबिन हुनुपर्ने र दोषी उपर हदैसम्मको कारबाही हुनुपर्ने र पीडितले न्याय पाउनुपर्ने माग गरेको छ जिल्ला अध्यक्ष लालबहादुर साउदद्वारा जारि हस्ताक्षर प्रेस बिज्ञप्तिमा भनिएको छ । अनेरास्ववियू (क्रान्तिकारी) स्थापनाकाल देखि नै रास्ट्रियताको पहरेदार,जनअधिकार प्राप्तिको अग्रणी र शैक्षिक प्रणालीको आमूल परिबर्तनको बाहक संगै नेपाली विधार्थीहरुको हक अधिकारका निमित्त सडक देखि सदन सम्म संघर्षरत रहेको सर्वविधितै छ!
यसै सन्दर्भमा अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं.४ कालिकास्थान निवासी विद्या मन्धिर मावी कक्षा १०मा अध्ययनरत १६वर्षका छात्र विनोद शाही २०७९/०२/१७गते हराइरहेको पांच दिनपछि २०७९/०२/२१गते उनको शब घर नजिकैको जंगलमा भेटिएको संकास्पाद घटना प्रती अनेरास्ववियू क्रान्तिकारी अछाम को गम्भीर ध्यानाकर्षण भएको छ! यश घटना प्रती राजनीतिकरण नगर्न स्थानीय सरकार र प्रहरी प्रशासन लगायत सरोकारवाला सबैमा आग्रह गर्दै उक्त घटनाको यथा शिघ्र सत्य,तथ्य छानबिन गरि दोसिलाई हदै सम्मको कानुनी कार्वाहिको लागि अनेरास्ववियू (क्रान्तिकारी)जोड्दार माग गर्दछ!
यस दुखद घटनामा मृतक विनोद शाही प्रति अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला कमिटी अछाम हार्दिक स्रदान्जली व्यक्त गर्द्छ!साथै सोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस भन्दै पिडित परिवारलाइ न्यान प्रदान गरि उचित क्षतिपूर्ति दिलाउन सम्बन्धित सरोकारवाला संग जोड्दार माग गर्दछ!
हेर्नुस् प्रेस बिज्ञप्ति