
तुर्माखाद गाउँपालिका वडा न.५ नाडामा गत भाद्र ३१ गते राती आयको बाढी पहिरोमा परि अकालमा ज्यान गुमाउने ( ९ जना ) मृतकका घरपरिवारलाई राहत जनही ५० हजार र कृयाखर्च स्वरुप घरपरिवारलाई २५ हजारले जम्मा ५ लाख २५ हजार स्थानीय सरकारको तर्फबाट सहयोग गरिएकोछ । तुर्माखाद गाउँपालिका अध्यक्ष डम्बर बि.सि ले भने घटना हुन पुर्ब म काम विशेष बाहिर भयकोले उद्दार कार्यका प्रत्यक्ष सहभागी हुन नसकेपनी असोज १ गते बिहान ६ बजे घटना घटेको जानकारी पाउन साथ मैले सक्ने जति सहयोग र समन्वय गरिरहेको थिय । उक्त घटनामा परेकाहरूको खोज उद्दार तथा राहतमा सहयोग पुर्याउनु हुने सबै प्रती सम्मान व्यक्त गर्द्छु ।आज प्रत्यक्ष घटना स्थलमा पुग्दा नसोचेकोको ठाउमा घटना घटेको जसका कारण गाउनै सोकमा डुबेकोछ घटना स्थल काडामा रहेका २ वटा घर पुर्ण रुपले नस्ट भयकाछन भने बाकी १० वटा घरहरु पहिरोको उच्च जोखिममा रहेकाले बस्ती नै स्थानान्तरण गर्नुपर्ने छ भने ५ नम्बर वडाका कैयौं टोल बस्तिहरु उच्च जोखिममा रहेकाछन । घटना स्थल सम्म सडक पुर्ण रुपमा बन्द छ ,खानेपानीका मुहान र पाईपका लाईनहरु नस्ट भयकाछन, खेतियोग्य जमिनहरु नस्ट भयकाछ्न , अन्नबाली पुर्ण रुपमा नस्ट भयकाछन , कैयौं पशु चौपायहरु पनि मरेकाछन , कयौं नागरिकहरु घरबार बिहिन हुन पुगेका छन् , त्यसैले राहत स्वरुप सहयोग गर्न र दु:खद घटना प्रती सहानुभूति प्रकट गर्दै खाद्य , लुगा कपडा , त्रिपाल सहित आवास ब्यवस्थापनका लागि आर्थिक , भौतिक ,नैतिक सहयोगका लागि संघिय सरकार , प्रदेश सरकार र विभिन्न सहयोगि संघ संस्था लगायत सहयोगि भावना भयका सम्पुर्णमा हार्दिक अनुरोध गर्दछु। स्थानीय तहबाट गर्न सकिने जति सम्पुर्ण सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्द्छु । घटनामा मृतक प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । शोकसन्तप्त परिवारजन प्रती गहिरो समबेदना व्यक्त गर्द्छु।