जिल्ला प्रशासन कार्यालयबाटै मतदाता नामावली संकलन तथा दर्ता - Biltham Khabar

जिल्ला प्रशासन कार्यालयबाटै मतदाता नामावली संकलन तथा दर्ता

  • 134
  •  
  •  
  •  
    134
    Shares

अछाम जिल्लामा जिल्ला प्रशासन कार्यालय बाटै फोटो सहितको मतदाता नामावली संकलन तथा दर्ता हुने भएको छ ।

भाद्र १ गते देखि लागु हुने गरी जिल्ला निर्बाचन कार्यालयको सहकार्यमा जिल्ला प्रशासन कार्यालयबाट पनि फोटो सहितको मतदाता नामावली संकलन तथा दर्ता कार्य सुरु गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

यसअघि जिल्ला निर्वाचन कार्यालय अछामबाट नियमित रुपमा मतदाता नामावली संकलन र दर्ता भईरहेकोमा सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयबाटै थप केन्द्र स्थापना गरी मतदाता नामावली संकलन तथा दर्ता कार्य सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले बताए ।

उनका अनुसार नागरिकता र राष्ट्रिय परिचय पत्र बनाउन आउने नागरिकले अव सोही दिन फोटो सहितको मतदाता नामावली पनि दर्ता गर्न सक्नेछन् ।

फरक फरक ठाँउमा हुदाँ सेवाग्राहीलाई असह र कहिलेकाँही छुट्ने भएकाले पनि नागरिकता वितरण, राष्ट्रिय परिचय पत्र र मतदाता नामावलीको काम एकैसाथ एकैस्थानबाट सुरु गरिएको अधिकारी तिमल्सैनाको भनाई छ ।

जिल्ला निर्बाचन कार्यालय अछामका प्रमुख गजेन्द्र प्रकाश थारुका अनुसार निर्बाचन कार्यालयमा नियमित रुपमा मतदाता सम्बन्धि सबै काम भैरहेकोमा जिल्ला प्रशासनमा थप केन्द्र स्थापना गरि सेवा सुरु गरिएको हो। मतदाता नामावलीमा केहि गल्ति, त्रुटी भए हाल अध्यावधिक गर्ने काम समेत भईरहेको प्रमुख थारुले बताए ।