
कविता: होसियार दलालहरु
होसियार दलालहरु अब
हिजो जस्तो पानी बेच्न पाउने छैनौं अब
हिजो जस्तो माटो बेच्न पाउने छैनौं अब
हिजो जस्तो शिक्षितलाई खाडीमा
लगेर रगत पसिना बेचेर पेट्न भर्न सक्दैनौं अब
हिजो आफ्नो स्वार्थ पूरा गर्न
सपना देखाएर महाकाली बेची दियौं
सपना देखाएर नै हजारौंको
रगतमा होलि खेली दियौं
सपना देखाएर बाको जवानी बेची दियौं
आज सपना देखाएर नै देश बेच्दै छौं
होसियार दलालहरु
अब अल्झिने छैनन्
तिम्रो सपनामा
रगतको खोला बगे पनि
लाशहरु पहाड बने पनि
तिम्रा महलमा आगो बल्ने छ
देश बेच्न दिने छैनौं ।
होसियार दलालहरु
reject mcc
अर्जुन लुहार ( स्वतन्त्र )
अछाम