
काठमाण्डौँ भाद्र १४, क्याम्पस सचिव कृष्ण ढुङ्गाना र सह सचिव मुकेश बुढा द्धारा जारी हस्ताक्षर प्रेस विज्ञप्तिमा भनिएको छ वानेश्वर क्याम्पस समिति संयोजकको रुपमा जिम्मेवारी वहन गर्दै आएका नवीन शाही संगठनको विधि, पद्धतिलाई निरन्तर अवहेलना गरि संगठन भित्र गुटबन्दी गर्दै स्वेच्छाचारीता प्रदर्शन गरि चरम अवसरवादी र व्यक्तिवादी भई बिचलित भएकाले नीज नवीन शाहीका यस्ता फुटपरस्त, विचलनवादी चिन्तनको हामी घोर भत्सर्ना गर्दछौं ।
सिंगो वानेश्वर क्याम्पस समितिले नै संगठन परित्याग गरेको भन्ने कुरामा कुनै सत्यता नभएको र यस कुरामा कोही कसैलाई भ्रमित नहुन अपिल गर्दछौं । साथै अखिल (क्रान्तिकारी) बानेश्वर क्याम्पस समिति संगठनको विधि(विधान र पद्धतिप्रति पूर्ण समर्पित र एकताबद्ध रहेको हुँदा कसैलाई पनि भ्रममा नपर्न हुन अनुरोध गर्दछौं ।
