प्रकाशकीयः बिल्थम खबर आजबाट तेस्रो वर्षमा प्रवेश - Biltham Khabar

प्रकाशकीयः बिल्थम खबर आजबाट तेस्रो वर्षमा प्रवेश

  • 134
  •  
  •  
  •  
    134
    Shares

अछाम, बिल्थम खवर आज २०८०–५–९ गतेबाट तेस्रो  वर्षमा प्रवेश गरेको छ । “ निष्पक्षता हाम्रो प्रतिवद्दता” भन्ने मुला नाराका साथ शुरू भएको बिल्थम खवर विभिन्न उतारचढाव पार गर्दै दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको हो
बिल्थम मिडिया हाउस प्रा.लि द्वारा सञ्चालित बिल्थम खवर डटकम समाजमा हुने विकृति,विसंगति,कुसंस्कार र भ्रष्टाचार विरूद्द खरो रूपमा कलम चलाउदैँ दुर्गमका जनताको आवाज बनिरहेको छ । स्थापनाको २ वर्षमै पाठक वर्गमा राम्रो छाप छोड्न सफल बिल्थम खवरको डिजीटल माध्यम www.bithamkhabar.com रहेको छ ।
यस अवसरमा सञ्चालक शंकर बि.क ले समस्त दर्शक, पाठक तथा विज्ञापन दातालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले बिल्थम खवरका पाठक,दर्शक तथा शुभेच्छुकबाट पाएको माया र सुझावको आधारमा अगाडि बढ्ने बताउनु भयो । सञ्चालक बि.क ले सत्य–तथ्य,निश्पक्ष,राष्ट्रियता र राष्ट्रहित, लोकतन्त्रका मूल्य–मान्यता, आर्थिक–सामाजिक परिवर्तन र नागरिक अधिकारप्रति प्रतिवद्ध रहने हुनुका साथै व्यावसायिक रुपमा अझै बलियो बनाउने क्रमसँगै हामी आफ्नो सामाजिक उत्तरदायित्व पनि नबिर्सने बताउनु भयो । जनताको चाहनामा हातेमालो गर्दै बिल्थम खवर समृद्धि, विकास र स्थायित्वको पक्षमा थप दृढ भएर उभिनेछ भन्नुभयो।
सत्य, तथ्य र निष्पक्ष समाचारमा जुटेका हामीलाई छोटो समयमा पाठक तथा शुचेच्छुकबाट जुन माया प्राप्त भइरहेको छ, आगामी दिनमा थप मायासँगै उचित सल्लाह तथा सुझावको पनि अपेक्षा गरेका छौं ।  सत्य समाचारको पक्षधरता र स्वतन्त्र पत्रकारिता गर्ने हाम्रो अठोटमा पाठक, विज्ञापनदाता र शुभेच्छुकले निरन्तर साथ दिनुहुनेछ भन्नेमा हामी ढुक्क छौं । आगामी दिनमा अझ परिष्कृत भएर बिल्थम खवर अगाढि बढ्ने छ ।

शंकर बि.क
सञ्चालक/प्रधानसम्पाद