नेकपा माओवादी केन्द्र दर्नाको बिस्तारित बैठक सम्पन्न । - Biltham Khabar

नेकपा माओवादी केन्द्र दर्नाको बिस्तारित बैठक सम्पन्न ।

  • 134
  •  
  •  
  •  
    134
    Shares

अछाम : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बान्निगढी जयगढ गाउँ पालिका वडा 6 दर्ना को बिस्तारित बैठक को अध्यक्ष क चक्र बहादुर शाह ज्युकाे अध्यक्षतामा र सुदुर पश्चिम प्रदेश सदस्य एवम् अछाम जिल्ला सह ईन्चार्ज कम्रेड लाेकेन्द्र बहादुर साउँद ज्युकाे प्रमुख आतिथ्यमा साथै सुदुर पश्चिम प्रदेश सदस्य एवम् पालीका ईन्चार्ज कम्रेड निर्मला साउद ज्युकाे विशिष्ट आतिथ्यमा भव्य सभ्य र सानदार रुपमा सम्पन्न गरियाे । कार्यक्रका अतिथिहरुमा प्रस्ताविक प्रदेस सदस्य कम्रेड नयन बहादुर शाह , जिल्ला सदस्य कम्रेड नरेन्द्र साउद , कम्रेड ज्याेति साउँद ज्यु , कम्रेड जीवन थापा , पालिका संगठन कमिटि अध्यक्ष कम्रेड जगत बहादुर थापा ज्यु , उपाध्यक्ष कम्रेड रण बहादुर कडायत , सचिव कम्रेड शंकर नगार्जि , लगायत सम्पुर्ण कम्रेडहरुकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे प्रारम्भमा ज्ञात अज्ञात विर शहिदहरु प्रति एक मिनेटकाे माैन धारण सहित भावपुुर्ण श्रद्धाञ्जली अर्पण गरियाे कार्यक्रममा उपस्थित कम्रेडहरुलाई वडा नम्बर ६ का वडा उपाध्यक्ष कम्रेड उदय ठकुल्ला ज्युले आफ्नाे मन्तव्य द्वारा स्वागत गर्नु भएको थियाे भने कार्यक्रम संचालन कम्रेड शंकर परियार ज्युले गर्नु भएको थियाे ।