
काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ ।
बानेश्वरस्थित संसद भवनमा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको नेता कृष्ण सिटौलाले जानकारी दिए ।
बिहान देउवानिवासमा बसेको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव राखेका थिए । पदाधिकारीबीच कुरा बाझिएपछि कार्यसम्पादन समितिको बैठक डाकिएको थियो । यसपछि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधिसभामा कांग्रेसका ८९ सांसद छन् ।