अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बान्नीगढिमा वक्तृत्वकला कार्यक्रम सम्पन्न - Biltham Khabar

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बान्नीगढिमा वक्तृत्वकला कार्यक्रम सम्पन्न

  • 134
  •  
  •  
  •  
    134
    Shares

खेमराज ओझा
अछाम २८ श्रवण २०७८
अन्तरराष्ट्रिय युवा दिवस २०७८ को अवसरमा बान्नीगढी जयगढ गाउँपालिका को आयोजना तथा बान्नीगढी युवा सञ्जालको समन्वय मा द्व आयोजित “समाज रुपान्तरणमा युवाहरुको भूमिका ” विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको अध्यक्षतामा भएको वक्तृत्वकला कार्यक्रमा कार्यक्रममा अथिति वडा नं.३ का वडा अध्यक्ष कुल बहादुर सेट्टी, वडा नं.२ का वडा अध्यक्ष नेत्र बहादुर साउँद, नि.प्रमुख प्रसासकिय अधिकृत रामचन्द्र जोशी , अधिकृत झनक रेग्मी , लेखा अधिकृत नारद खनाल,समाजसेवी तिलक खत्री, युवा क्लव अध्यक्ष खेमराज ओझा लगायत गाउँपालिका भित्र रहेका ६ वटै युवा सञ्जालका पदधिकारी तथा सहभागिको उपस्थिति रहेको थियो वक्तृत्वकला कार्यक्रमा पञ्चदेवल युवा क्लव वडा नं ६दर्ना बाट सहभागी बिन्दु साउद प्रथम ,जयगढ युवा क्लव वडा नं ३ बाट सहभागी बिक्रम साउद द्धितिय जनालिकोट युवा क्लव वडा नं २बाट सहभागी वर्मकला साउद तृतीय र वडा न५ कालिका युवा संजालका खुश्बु जयगढि सान्त्वना हुन सफल भएका छन। प्रथम द्धितिय तृतिय आउने सहभागी लाई प्रमाणपत्र र नगद पुरस्कार ले सम्मान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन नायव सुब्बा दिपेन्द्र साउदले गर्नु भएको थियो ।