
काठमाडौं सम्बादाता: अखिल (क्रान्तिकारी) नेपाल कमर्स क्याम्पस समितिले क्याम्पस प्रशासनलाई विद्यार्थीहरुका माग तथा प्रशासन सुधारको लागि १५ बुदे माग तथा सुझाव पत्र पेश गरेको क्याम्पस समिति अध्यक्ष तुल्सिराम न्यौपानेले जानकारी दिनु भयो ।

माग तथा सुझाव पत्रमा लेखिएको छ ।
नवनियुक्त क्याम्पस प्रमुख प्रा. धुर्व प्रसाद सिलवाल लाई हाम्रो संगठन अनेरास्ववीयू (क्रान्तिकारी)को तर्फबाट हार्दिक बधाई दिदैं आगामी कार्ययोजनाको बारेमा हाम्रो गौरबशाली संगठनको तर्फबाट विभिन्न मागहरु राखिएको छ।
१. वि.वि.एस. कार्यक्रमको प्रत्येक वर्ष वृद्धि गरिने १०% शुल्क खारेजी गरिनुपर्ने ।
२. online बाट लिईएको कक्षाहरु प्रभावकारी र नियमित हुन नसकेकोले तत्काल प्रभावकारी विधिबाट संचालन गरिनुपर्ने ।
३. त्रि.वि को नियम बमोजिम MBS कार्यक्रम तर्फ १५% र BBS तर्फ २०% छात्रवृद्धि TU नियम बमोजिम वितरण गरिनु पर्ने ।
४. क्याम्पसको आफनो जमिन निक्र्याेल गरि मिचिएर बनाएको भौतिक संरचना तुरुन्त खालि गरियोस ।
५. BBA-F कार्यक्रमको निर्देशक र उपनिर्देशक नियुक्ती गरि विगत यस कार्यक्रम सञ्चालन हुदा देखी निर्धारण नभएको हुदा शुल्क लाई तत्काल कायम गरियोस ।
६. पुस्तकालयमा विगत हाम्रो संगठनसंग गरिएको सम्झौता अनुरुप ५ वटा पुस्तक तत्काल सहज रुपमा वितरण गरि पुस्तकालयमा चुस्त दुरुस्त बनाईयोस ।
७. नोवेल कोरोना भाईरसको कारण विद्यार्थीहरुले भौतिकरुपमा पाउने सेवा सुविधा बाट वञ्चित भएकाले सेमेस्टर लगायत कार्यक्रमको शुल्कमा उचित शुल्क मिनाह गरियोस ।
८. क्याम्पसको भौतिक संरचना निर्माण गराउदा प्रतिस्प्रदा विना व्यक्तिलाई जिम्मेबारीदिने प्रचलन रोक्ने तथा बिगतमा क्याम्पसको करोडौं आर्थिक अनिमियतता भएको हुदा उक्त अनिमियततालाई सार्वजनिक गरी दोषी उपर कडा कारवाही गरियोस् ।
९. क्याम्पसमा गरिने नियुक्तिहरु भागवण्डाको आधारमा नभइ Right man,Right place अवधारणामा लागु गरियोस ।
१०. MBS र BBS कार्यक्रमको मौका परिक्षाफर्म शुल्क त्रि.वि.को नियम बमोजिम हुनपर्ने ।
११. नेपाल कर्मस क्याम्पसको BBS लगायत सबै शाखाहरुबाट दिईने सेवा सुविधालाई थप व्यवस्थित रुपमा प्रदान गरिनुपर्ने ।
१२. नेपाल कर्मस क्यामपसको गुरुयोजना निर्माण गरी व्यवस्थापन विश्वविद्यालयको दिशामा अग्रसरको रणनिती बनाईयोस ।
१३. क्याम्पसको स्टोर शाखाबाट व्यापक बेरुजु देखिएको हुदा छानविन समिती बनाई दोषी उपर कडा कारवाही गरियोस ।
१४. नेपाल कर्मस क्याम्पसका सम्पुर्ण विद्यार्थी कर्मचारी तथा प्राध्यापकहरुलाई तुरुन्त खोपको व्यवस्था गरियोस ।
१५. विगतमा हाम्रो संगठनबाट पेश गरिएका विभिन्न मागपत्रहरु केही कार्यान्वन भएको र नभएका मागहरुलाई तत्काल कार्यान्वयन गर्नुपर्ने ।

