अखिल (क्रान्तिकारी)को अध्यक्षमा नरेश रेग्मीको उम्मेदवारी घाेषणा ! - Biltham Khabar

अखिल (क्रान्तिकारी)को अध्यक्षमा नरेश रेग्मीको उम्मेदवारी घाेषणा !

  • 134
  •  
  •  
  •  
    134
    Shares

काठमाडौँ- नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पदका लागि हालका उपाध्यक्ष नरेश रेग्मी ‘शर्मा’ले उम्मेदवारी घोषणा गरेका छन्। क्रान्तिकारी केन्द्रीय समितिको २३औँ राष्ट्रिय सम्मेलन यही असोज २ देखि ५ गतेसम्म काठमाडौँमा हुँदैछ। उनले उदयपुरको गाईघाटबाट उम्मेदवारी घोषणा गरेका हुन्। सम्मेलनको सन्दर्भमा आफ्ना एजेन्डाहरु लिखित सामाग्री एवं भिडियो सान्देश मार्फत नियमित रूपमा सार्वजनिक गर्दै जानेछु र विद्यार्थी आन्दोलनलाई नयाँ सिराबाट पुर्‍याउन गम्भीरताका साथ बहस उठाउनेछु। विद्यार्थी आन्दोलन फेरि नयाँ उचाइमा उठाउने कुरा एकल प्रयासबाट मात्र हुने कुरा होइन। उनले भनेका छन्,‘त्यसको लागि गम्भीर एवं सामूहिक प्रयत्न चाहिन्छ। तसर्थ, सम्पुर्ण प्रतिनिधि एवं प्रियजनहरुलाई आआफ्नोबाट सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।’ उनले सर्वसहमति भए पनि आफैमाथि हुने दाबी गरे। ‘सबैलाई मिलाउन मैले मात्र सक्छु। त्यही कारण ममाथि नै सर्वसम्मति हुन्छ।